दफा १९
बन्दीको लागि अन्य सुबिधा तथा पूर्वाधार
(१) सम्बन्धित कारागारले उपलब्ध साधन रु स्रोतको परिधिभित्र रही कारागारभित्र बन्दीको लागि आवश्यक पर्ने खानेपानी तथा शौचालय, व्यायामस्थल, पुस्तकालय जस्ता पूर्वाधारको व्यवस्था गर्नुको साथै बन्दीलाई मनोरञ्जनका लागि खेलकुदस्थल र विभिन्न खेलकुद सामग्री, रेडियो तथा टेलिभिजन लगायत अन्य सुविधाको व्यवस्था गर्नेछ।
(२) कारागारभित्रको संरचना र सेवाको व्यवस्था गर्दा सरसफाइ, - स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत मानव अधिकारको प्रत्याभूति हुने गरी गर्नु पर्नेछ।
(३) कारागार प्रशासकले कारागारमा रहेका महिला बन्दीलाई आवश्यक पर्ने सेनेटरी प्याड लगायत प्रजनन स्वास्थ्य सम्बन्धी सामग्री निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ।